अख्तियारका सदस्य नियुक्तिमा दलगत हस्तक्षेप छ, मापदण्ड बदलाैं -गगन थापा

अख्तियारका सदस्य नियुक्तिमा दलगत हस्तक्षेप छ, मापदण्ड बदलाैं -गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सदस्यलाई अख्तियारले मुद्दा लगाउनु पर्ने अवस्था दुर्भाग्यपूर्ण भएको बताएका छन् । 

बुधबार राज्य व्यवस्था समितिको बैठकमा सांसद थापाले  भ्रष्टाचार नियन्त्रणका लागि जरामै समस्या रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नियुक्ति प्रक्रियामै दलगत हस्तक्षेप र भागबन्डा भएकाले समस्या बढेको बताएका हुन् । उनले भने, ‘यसको जरामा समस्या छ । जरामा समस्या भनेको नियुक्तिमा समस्या छ । नियुक्तिमा यति दलगत हस्तक्षेप र भागबन्डा छ । पछिल्लो‍समय अदालतले समेत भाग खोजेको छ । अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नुपरेको अवस्था आएको छ ।’

उनले थपे, ‘अख्तियार आयोगका नियुक्तिको मापदण्ड प्रक्रियालाई नबद्लिकन यहाँ गर्ने कुरा मात्र हुन्छ, परिणाम दिँदैन । नियुक्ति मापदण्डबारे कानूनमै समावेश गर्नुपर्छ ।’  

Logo