सरकारी सम्पतिमा पार्टीका कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, कमल थापा

सरकारी सम्पतिमा पार्टीका कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, कमल थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारी साधन र स्रोत प्रयोग गरी पार्टीका कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार भएको बताएका छन् । अध्यक्ष थापाले शुक्रबार नेकपाको स्थायी कमिटीको बैठकलाई लक्षित गर्दै ट्वीटरमा त्यस्तो बताएका हुन् । साथै, उनले राज्यलाई पार्टीको सम्पति ठान्ने अलोकतान्त्रिक कार्य तत्काल अन्त्य गर्न समेत माग गरेका छन् ।

‘प्रधानमन्त्रीको सरकारी निवास कार्यालय र त्यहाँ रहेका सरकारी साधन र स्रोतको दूरुपयोग गरी पार्टीको बैठक, कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, अख्तियारको दूरुपयोग हो’– उनले ट्वीटरमा लेखेका छन्–‘राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक अलोकतान्त्रिक कार्य अन्त्य गरियोस । राज्यको सम्पतिको रक्षा गर्नु प्रधानमन्त्रीको कतव्र्य हो ।’

सत्तारुढ दल नेकपाको स्थायी कमिटीको जेठ १० र आजकोे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

Logo