राप्रपाको केन्द्रीय पदाधिकारी बैठक जारी

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ।

कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक केहीबेरअघि केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आजको बैठकले मुलुकको समसामयिक परिस्थतिको समीक्षा गर्ने, पार्टीका भूगोल केन्द्रित कार्यक्रमहरूको समीक्षा गर्ने र कोशी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनीति तय गर्ने र आवश्यक निर्णय लिने छ।

Logo