‘संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?’ : प्रधानमन्त्री ओली

‘संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?’ : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन्।

अखिल नेपाल महिला सङ्घ (अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताएका छन् । उनले भने, ‘संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखेर सिफारिस गरिएको छ।’

‘संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यस अनुसार नै भएको हो’, ओलीले भने, ‘कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।’ उनको प्रश्‍न थियो, ‘संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?

संसद् विघटनको विषयमा टिप्पणी गर्ने नेताहरूले राष्ट्रपतिको मर्यादा समेत ख्याल गर्नु पर्ने ओलीले बताए । उनले संसद् विघटन आफूले गरेको तर राष्ट्रपतिमाथि हमला गर्न थालिएको बताउँदै भने, ‘हिजो नक्कली राजालाई दाम चढाउनेले यतिबेला गणतन्त्रमाथि हमला गर्दैछन्।’ ओलीले गणतन्त्रको सम्मानित संस्था राष्ट्रपतिमाथि नै चरणबद्ध हमला गर्नु लोकतान्त्रिक पद्धति नभएको बताए। लोकतन्त्र र गणतन्त्रको विरुद्ध प्रचण्ड–माधव पक्षले शृङ्खलाबद्ध हमला गरिरहेकाले उनीहरु लोकतान्त्रिक अभ्यास बाहिर रहेको टिप्पणी गरे।

न्यायाधीशको मनोबल गिराउने गरि स्वतन्त्र न्यायालयमाथि प्रहार गरिएको बताउँदै भने, न्यायालय र निर्वाचन आयोगजस्ता संवैधानिक निकायमाथि पनि सडकबाट हमला भइरहेको छ।’

पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण आवश्यकता रहेको र अहिले त्यो अवसर प्राप्त भएको ओलीले बताए।अन्नपूर्णबाट

Logo