सभापति देउवाकाे दसैं शुभकामनाः सबैलाई एकताको सुत्रमा बाँध्न सकोस्

सभापति देउवाकाे दसैं शुभकामनाः सबैलाई एकताको सुत्रमा बाँध्न सकोस्

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । 

आज शुभकामना सन्देश दिदैँ सभापति देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयकोसन्देश दिने यो पर्वलाई नेपाली समाजले सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको भन्दै यस्तो पर्वले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको बताएका हुन् । 

उनले भने, ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा विश्व प्रसिद्ध छ । बडा दशैंले समुदाय, संस्थाहरु, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउंदै आएको छ र बनाउनुपर्दछ ।’

सभापति देउवाले आफू र आफ्नो पार्टीको तर्फबाट सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरेका छन् ।

Logo