दसैंकाे शुभकामना दिँदै मन्त्री किरातीले भने- घाँटी हेरेर मात्रै हाड निलौँ

दसैंकाे शुभकामना दिँदै मन्त्री किरातीले भने- घाँटी हेरेर मात्रै हाड निलौँ

केन्द्रबिन्दु
0
Shares

संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दसैंलाई भड्किलो नबनाउन आग्रह गरेका छन् । 

सम्पूर्ण नेपालीलाई दसैंको शुभकामना दिँदै मन्त्री किरातीले आज दसैं राम्रोसँग मनाउँदा भोलि ऋणको भारी बोक्नुपर्ने अवस्था सिर्जना नहोस् भन्दै सचेत गराएका हुन् । ‘आफ्नो घाँटी हेरेर मात्रै हाड निल्नुपर्ने’ उनको भनाई छ । 

उनले भने, ‘सम्पूर्ण आम नागरिकलाई दसैं आउँदैछ, नेपालीहरुको चाड हो सबै नेपालीहरुको चाडपर्वप्रति म शुभकामना दिन चाहान्छु । अर्को कुरा नछुटाई भन्न चाहन्छु कि घाँटी हेरेर हाड निलौ‌ँ, आज दसैं  राम्रोसँग मनाउँदा भोलि ऋणको भारी बोक्न नपरोस, चाडवाड हाम्रै हो । अरुले हात्ती चढ्याे  भन्दैमा आफू कुकुर चढ्नु हुदैँन् भन्ने पुर्खाले भनेको उखानलाई आत्मसाथ गरौं ।’

सम्पूर्ण पर्वहरुले आपसी एकता र भाइचारा विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै मन्त्री किरातीले आफ्नो गक्ष अनुसार पर्व मनाउन आह्वान गरेका छन् । 

Logo