राष्ट्रसङ्घका महासचिव गुटेरेसको भ्रमणको सुरक्षा नेतृत्व सेनाले गर्ने

राष्ट्रसङ्घका महासचिव गुटेरेसको भ्रमणको सुरक्षा नेतृत्व सेनाले गर्ने

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला नेपाली सेनाले सुरक्षा नेतृत्व गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा दसैँलगत्तै नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसलाई राजकीय भ्रमण बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गरिने सैनिक उच्च स्रोतले जानकारी दिएको छ। 

नेपाली सेनाको नेतृत्वमा महासचिव गुटेरेसलाई सुरक्षा दिन सेनाले सबै सुरक्षा निकायसँग समन्वय गरिराखेको छ। महासचिव गुटेरेस १२-१५ कात्तिकसम्म नेपालको औपचारिक भ्रमणमा आउँदैछन्।  महासचिव गुटेरेसको भ्रमणको क्रममा अन्नपूर्ण र खुम्बु क्षेत्रको हिमाली दृश्यावलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ। 

Logo