पीडितकेन्द्रित भएर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छः अध्यक्ष ओली

पीडितकेन्द्रित भएर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यलय च्यासलमा एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा उनले सर्वोच्च अदालतको आदेशलाई पनि मानेर संक्रमणकालीन न्यायलाई सहमतिकासाथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्ने बताएका हुन् । 

उनले भने,‘यो राम्रै सँग सहमतिका साथ टुंग्याउनुपर्छ । पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छ । सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनु पर्छ । त्यो त हाम्रो छ दै छ नि । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरुमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ ।’

Logo