बाबुराम भट्टराई नेतृत्वको नेसपाले बोलायो मंसिर ६ र ७ गते केन्द्रिय समितिको बैठक

बाबुराम भट्टराई नेतृत्वको नेसपाले बोलायो मंसिर ६ र ७ गते केन्द्रिय समितिको बैठक

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

बैठकको एजेण्डा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषय रहेको महासचिव रमेश यादवले जानकारी दिए। यस्तै नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुने उनले बताए। 

‘बैठक ६ र ७ गते बस्छ। बैठकले एकीकरणसम्बन्धी माओवादी केन्द्रले पठाएको पत्र र समायोजन कार्यदल गठनबारे निर्णय गर्छ। यसको अतिरिक्त जारी अभियान, सङ्गठन विस्तार, सुदृढीकरण सम्बन्धमा निर्णय गर्छ’, यादवले भने। 

यस्तै बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने उनले बताए। यसअघि असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको ९ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो।

Logo