टिकटक बन्द गरेपछि विप्लवले भने- जनताको मुख थुन्दैमा सत्ता टिक्दैन

टिकटक बन्द गरेपछि विप्लवले भने- जनताको मुख थुन्दैमा सत्ता टिक्दैन

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जनताको मुख थुनेर सत्ता नटिक्ने टिप्पणी गरेका छन् । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले वाक स्वतन्त्रतामाथि प्रतिवन्ध लगाएर सत्ता टिकाउने  सपना नदेख्न प्रधानमन्त्रीलाई चेतावनी दिएका हुन् । 

सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयमा प्रधानमन्त्रीलाई संकेत गर्दै उनले भने- ‘उनले टिकटक बन्द गर्छन्, अहिले मान्छे मुख बन्द गर्लान जस्तो बोल्लास भनेर । यस्तो बुद्धिले हुन्छ त ? फेसबुक बन्द गरेर लेख्न नदिएर यो त निरङ्कुश व्यवस्थाको चरित्र हो । यसरी हुँदैन सत्ता पनि डगमगाएको जस्तो जनताको मन जितेर पो सत्ता टिक्छ मानिसकोे मुख बन्द गरेर सत्ता टिक्छ त ? जनतालाई असन्तुष्ट बनाउने अनि सत्ता टिकाउँछु भनेर हुन्छ ?’ 

महासचिव चन्दले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे । 

Logo