प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी पुगेका छन्। पार्टीकाे ३ महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न महोत्तरी पुगेका हुन्। 

अहिले महोत्तरीको बर्दिवास स्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रिय सदस्यहरुसगँ बैठक पारम्भ भएको छ। बैठकबाट नै रुपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरुसगँ रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटव्युरो सदस्य राजु खडकाले जानकारी दिए।

यसपछी प्रधानमन्त्री  प्रचण्ड महोत्तरी कै गौशाला नगरपालिकामा पुग्ने छन्। गौशालाको एक हलमा सहभागी भएका झण्डै १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ। केही भेटघाट बाहेक प्रधानमन्त्री प्रचण्ड नितान्त पाटीको छलफल र समिक्षामा मात्र सहभागी हुने कार्यक्रम रहेको छ।

Logo