रवि लामिछानेकाे प्रश्न- एनसेलकाे शेयर बिक्रीमा कुन नेताले कति पैसा खाए छानबिन गरौं

रवि लामिछानेकाे प्रश्न- एनसेलकाे शेयर बिक्रीमा कुन नेताले कति पैसा खाए छानबिन गरौं

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबारमा नेताहरूले पैसा खाएको आशंका गरेका छन् ।

स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल भएको  दाबी गरेका सभापति लामिछानेले टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन दलका कुन नेताले कति रकम खाए भन्दै प्रश्न गरेका हुन् । 

‘स्पाइस नेपालकाे नाममा अहिलेकाे एनसेल जन्मँदादेखि नै चलखेल थियाे । टेलियासाेनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारकाे ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन  दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हाे ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन् । नागरिकस्तरदेखि संसदीय समितिसम्ममा यो विषयले प्रवेश पाएको छ । यो कारोबारको वास्तविकता खोजेर जानकारी गराउन सरकार र मातहतका निकायमाथि चर्को दबाब छ ।

Logo