काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले विवाह गरी नेपाल आउने विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिनुपर्नेमा जोड दिएका छन् । बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले विवाह भएको सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिनुपर्ने बताएका हुन् ।
विवाह भएको सात वर्षसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिने र सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिन उपयुक्त हुने उनको भनाइ छ । ‘नेपालको भूराजनीतिक अवस्था र सामाजिक र सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दै नागरिकताको विषयमा संवेदनशील हुनैपर्छ’–अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्–‘वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता सरहको अनुमतिपत्र दिनु उपयुक्त हुनेछ ।’






























प्रतिक्रिया