‘मध्यपहाडमा विपक्षी दललाई समर्थन गर्नेमाथि चर्को सरकारी दमन हुँदो रहेछ’ -अध्यक्ष ओली

‘मध्यपहाडमा विपक्षी दललाई समर्थन गर्नेमाथि चर्को सरकारी दमन हुँदो रहेछ’ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रमा विपक्षी दलका समर्थकहरुमा सरकारी दमन चर्को रहेको पाइएको बताएका छन् ।

एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्यपहाडी लोकमार्ग (बैतडीको झुलाघाट देखि पाँचथरको चिवाभञ्ज्याङसम्म) सम्पन्न गरेको पदयात्राबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले आफ्नो यात्राको क्रममा त्यहाँका जनता सरकारी पक्षपात र दमनमा चर्को रुपमा परेको पाइएको बताएका हुन् ।

आफ्नो झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा युवाको संख्या अन्यको तुलनामा कम उपस्थिति रहेको बताएका उनले मध्यपहाडका जनता विकासप्रति आशावादी रहेको पनि उल्लेख गरे । 

उनले एमालेले मध्यपहाडको समृद्धिको लागि कृषिलगायत विकासको पक्षमा राखेको धारणा तथा त्यहाँ सञ्चालन गरेको कार्यक्रममा त्यहाँको जनतासँगै अन्य दल र बैद्धिक जगत पनि सहभागी,आकर्षित र विश्वस्त बनेको बताए । मध्यपहाडको जनता सार्वजनिक सेवा लिने क्रममा चर्को दमन सहँदै आएको तथा राज्यसक्ताको दुरुपयोग भएको पाइएको उनको भनाई छ ।

‘उहाँहरुले हामीसँग आफ्ना पीरमर्का राख्नुभयो । सरकारी दमनको कुरा राख्नुभयो । सरकारी दमन पनि चर्को गरी रहेछ । सरकारी पक्षपात, भेदभाव र दमन विपक्ष पार्टी भनेपछि काम गरेर बाँच्न पनि नपाउने स्थिति कतिपय ठाउँहरुमा देखियो । चर्को दमन र राज्यसत्ताको दुरुपयोग भएको देखियो ।’ अध्यक्ष ओलीले थपे, ‘हुनत काठमाडौं जस्तो ठाउँमा प्रोफेशर कुटिन्छन र त्यस्ता मुद्दाहरु सरकारले दर्ता गर्न मान्दैन । धेरै दबाबबाट दर्ता गरिहाल्यो भने पनि फिर्ता लिन्छन  । यति धेरै सञ्चारमाध्यम र प्रबुद्ध समाजको आँखा अगाडि काठमाडौंमा त यी कुराहरु  हुन्छन भने झन् दुरदराजमा कस्तो होला हामी अनुमान गर्न सक्छौं। सत्ता पक्षकाले गरेका अपराध अपराध नै नहुने, अरुले क्षतिपूर्ति नै नपाउने स्थिति त्यहाँ रहेको देखिन्छ ।’

अध्यक्ष ओलीले एमालेलाई यात्राको क्रममा त्यहाँका विभिन्न पार्टी, संघसंस्था र बौद्धिक जगत,उद्योगी व्यवसायी,किसानलगायतले साथ दिएको उल्लेख गरे । उनीहरुले सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सर्वसम्मतीबाट एमालेलाई विभिन्न क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न सुझावहरु दिएको र आफूहरुप्रति सबै विश्वस्त बनेको उनको भनाई छ । 

उनले भने, ‘हामीले यात्रामा मध्यपहाडका जनतामाझ त्यहाँको कृषिलाई कसरी आधुनिकीकरण,व्यवसायीकरण र नविकरण गर्न सकिन्छ भनेर धारणा पनि राख्यौं । त्यसमा जनताहरु आकर्षित हुनुहुन्छ । हाम्रो पार्टीको मात्रै कुरा होइन अन्य विभिन्न पार्टीहरु,संघसस्थाहरु, बौद्धिक जगत,पनि हाम्रो झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रासँग आकर्षित र विश्वस्त पनि रह्यो ।’ 
 

Logo