नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ।
गत बुधबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा ४० जनाले केन्द्रीय सदस्यले विद्यान संशोधन र उमेर हद ७० राख्ने कि नराख्ने भन्नेलगायतका विषयमा आ-आफ्नो धारणा राखिसकेका छन्। केन्द्रीय सदस्यले धारणा राख्ने जुन क्रम आज पनि जारी रहनेछ।
विद्यानलगायत अन्य प्रस्तावहरुमाथि छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाईएको र प्रत्येक सदस्यलाई सो विषयहरुमाथि टिप्पणी गर्नका लागि ३-३ मिनेटको समय छुट्याईएको छ।
आजको बैठक पनि बिहान ११ः०० बजेदेखि सुरु हुने जनाइएको छ। आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्नेछन्।





























प्रतिक्रिया