राष्ट्रिय सभाको सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभाको सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे गठबन्धनको बैठक बस्न लागेको हो।

बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमुख चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी  र जनता समाजवादीको बैठक बसेको थियो।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलेलाई पनि समेटेर जाने प्रस्ताव गरेका थिए।

मंगलबार र बुधबार विहान काँग्रेस र माओवादी केन्द्रका शीर्षको बैठकमा एमालेलाई पनि राष्ट्रिय सभामा निर्वाचनमा समेट्ने लैजानेबारे सकारात्मक छलफल भएको थियो।

एमालेलाई समेट्नेबारे काँग्रेस र माओवादी केन्द्रबीच भएको छलफल एकीकृत समाजवादी र जसपाका नेताहरुलाई सुनाइएको थियो।त्यसपछि प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच छुट्टै छलफल भएको थियो।

आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, काँग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदैछ ।

Logo