एकीकृत समाजवादीले राष्ट्रिय सभामा २ सिटमै चित्त बुझाउने

एकीकृत समाजवादीले राष्ट्रिय सभामा २ सिटमै चित्त बुझाउने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनसँगै होमिने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले दुई सिट मात्रै दिएपछि असन्तुष्ट बनेको एकीकृत समाजवादीले अन्ततः उक्त सिट स्विकार्ने निर्णय गरेको हो । त्यसपछि आज बसेको सचिवालय बैठकले असन्तुष्टिका बाबजुद गठबन्धनले गरेको भागबन्डाअनुसार चुनाव लड्ने निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

आजै उम्मेदवारको नाम टुंग्याउने उनको भनाई छ । 

गठबन्धनमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले छ, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ । बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । तर, तीन सिटको दाबी गरेको एकीकृत समाजवादीले असन्तुष्टि जनाएको थियो । बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई सिट लिन आग्रह गरेपछि एकीकृत समाजवादीका नेताहरु लौ जे गर्नुछ तपाईंहरू नै गर्नुस् भनेर उठेर हिँडेका थिए । तर, पछि त्यसमै चित्त बुझाएको हो । 

Logo