सभापति देउवाद्वारा आजको प्रदर्शनमा सहभागीलाई बधाई

सभापति देउवाद्वारा आजको प्रदर्शनमा सहभागीलाई बधाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज भएको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई दिँदै आभार व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी रूपमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।

“गाउँ÷नगर कार्यसमितिका साथीसँगै प्रदर्शन सफल बनाउन निरन्तर खट्ने पार्टीका सबै तहका साथी, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु”, पूर्वप्रधानमन्त्री देउवाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । उनले गत पुस १३ र पुस २५ को पार्टीको प्रदर्शनमा झैं आजको प्रदर्शनमा पनि सामाजिक सञ्जालमार्फत स्वतःस्फूर्त रुपमा सक्रिय भूमिका निर्वाह गर्ने युवामा समेत बधाई ज्ञापन गरेका छन् ।

सभापति देउवाले निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पुर्याउने सञ्चारकर्मीमा पनि कांग्रेसका तर्फबाट धन्यवाद ज्ञापन गरे । पार्टीले ७५३ पालिकाका छ हजार ७४३ वडामा पनि विरोध प्रदर्शन गर्दैछ ।

Logo