राष्ट्र हितमा काम गर्ने चीनका लागि नेपाली राजदूत पाण्डेको भनाइ

राष्ट्र हितमा काम गर्ने चीनका लागि नेपाली राजदूत पाण्डेको भनाइ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका महेन्द्रबहादुर पाण्डेले राष्ट्र हित र आवस्यकता अनुसार काम गर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले राष्ट्रको हितमा काम गर्ने बताएका हुन् ।

सरकारले दुबै छिमेकी राष्ट्रसँग मित्रवत सम्बन्ध कायम गरेकाले चीनमा रहँदा सोही अनुरुप काम गर्ने उनको भनाइ छ ।
उनले मित्रराष्ट्रसँगको सम्बन्ध राष्ट्र हित र राष्ट्रको आवश्यकता परिपूर्ति तथा जनताको भावनालाई सम्बोधन हुने गरी काम गर्ने बताए । राजदूत पाण्डेले आफू जिम्मेवार रही सही ढंगले भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

पाण्डेलाई गत वैशाख ५ मा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

Logo