काठमाडौं ।
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न बैठक लागेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो ४ बजे बैठक बस्ने छ । बुधबार प्रधानमन्त्रीले विज्ञहरू सँग भेटघाट गरेका थिए ।
गत चैत ११ गतेदेखि सरकारले सुरू गरेको लकडाउन जेठ ३२ गते सकिँदैछ । जनजीवन धेरै प्रभावित भएको भन्दै व्यापारीहरुले भने आजदेखि बजार खुलाउन थालेका छन् भने सडकमा सवारी साधनहरु पनि केही मात्रामा संचालन हुन थालेपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल गर्न थालेको हो ।





























प्रतिक्रिया