काठमाडौं ।
लकडाउनका कारण समस्यामा परेका श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारसँग आग्रह गरेका छन् । सभापति देउवाले १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सरकारसँग सो आग्रह गरेका हुन् ।
‘यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ । श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ’–उनले शुभकामना संन्देशमा लेखेका छन्–‘लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अविलम्ब राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु ।’
त्यस्तै उनले वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको स्परण गरेका छन् । सरकारले लामोे आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बी.पी. कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको
उल्लेख गर्दै नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन भएको उनको भनाइ छ ।






























प्रतिक्रिया