‘ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढे’ : अष्टलक्ष्मी शाक्य

‘ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढे’ : अष्टलक्ष्मी शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाएकी छिन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–माधव समुहको काठमाडौ भेलालाई सम्बोधन गर्दै बागमती प्रदेश इन्चार्ज शाक्यले प्रधानमन्त्री ओलीले कम्युनिष्ट मुल्य मान्यता विपरित प्रतिगमन गरेको दाबी गरिन् । उनले प्रधानमन्त्री ओली प्रतिगमनकारी, तानाशाही र स्वेच्छाचारी भएको आरोप लगाइन् ।

उनले भनिन् “केपी ओली कमरेड होइन प्रतिगमनकारी हो । तानाशाही हो । स्वेच्छाचारी हो । उहाँले संविधानमाथि धावा बोल्नु भयो । गणतन्त्रमाथि धावा बोल्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको चिरहरण गर्नुभएको छ । उहाँ तानाशाही नेता हो । प्रतिगमनकारी नेता हो ।”

उनले केन्द्रीय कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गरिन् । उनले केपी ओली कम्युनिष्ट आन्दोलन सक्याउने दिशामा अघि बढेको आरोप लगाइन् । काठमाडौंवासीहरु निरंकुशतन्त्र, एकात्मक व्यवस्था र राजतन्त्र व्यवस्थामा विश्वास नगर्ने र लोकतन्त्र र गणतन्त्र मन पराउने भन्दै काठमाडौंबासीहरु प्रतिगमन नसच्चीएसम्म सेलाएर नबस्ने चेतावनी दिइन् ।

Logo