अनेरास्ववियू र राष्ट्रिय युवा संघले दिएको उजुरी लिन प्रहरीद्धारा अस्वीकार

अनेरास्ववियू र राष्ट्रिय युवा संघले दिएको उजुरी लिन प्रहरीद्धारा अस्वीकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अनेरास्ववियू र राष्ट्रिय युवा संघले दिएको उजुरी लिन महानगरीय प्रहरी परिसर टेकुले अस्वीकार गरेको छ । प्रहरीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई,  तत्कालिन संघीय समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डे र नेतृ हिसिला यमि विरुद्ध दिइएको उजुरी लिन अस्वीकार गरेको हो ।

प्रधानमन्त्री जस्तो गरिमामय पदमाथि उच्चपदस्थ व्यत्तिहरुबाटै गम्भीर आरोप लगाएकाले उजुरी दर्ता गर्न गएको राष्ट्रिय युवा संघका नेता क्षितिज थेबेले बताए । नेता थेबे सहितको समूह गत बुधबार सामाजिक सञ्जालमा अपहरण गरेको आरोप लगाएकाले साइवर क्राइममा उजुरी दर्ता गर्न गएका थिए । तर, प्रहरीले मानमर्दन तथा राजनीतिक मुद्दा भएकाले दर्ता गर्न नमानेको थेबेले बताए ।

प्रहरीले उजुरी दर्ता गर्न नमानेकाले कानुन जानकारहरुसँग छलफल गरेर थप रणनीति तय गर्ने उनको भनाइ छ । ‘पूर्वप्रधानमन्त्री र पार्टीको जिम्मेवार व्यक्तिबाटै प्रधानमन्त्री विरुद्ध गम्भीर आरोप लगाएकाले उजुरी दिन गएका थियौँ । प्रहरीले मानमर्दन र राजनीतिक विषय भएकाले दर्ता गर्न मानेन’–उनले भने–‘कानुनी जानकारसँग छलफल हुँदैछ । छलफलपछि थप निर्णय गछौँ । लकडाउनमा धेरै भीडभाड हुने डरले फर्कियौँ ।’

Logo