सांसद अपहरणबारे सत्यतथ्य छानविन गर्न राप्रपाको माग

सांसद अपहरणबारे सत्यतथ्य छानविन गर्न राप्रपाको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण बारे सत्यतथ्य छानविन गर्न माग गरेको छ । आइतबार बसेको परामर्श समितिको बैठक पछि प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले सो माग गरेको हो ।

‘स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको तथा समाजवादी पार्टी फुटाउने प्रयासमा स्वयं सरकार र सत्तारुढ दल अनैतिक र अपराधिक गतिविधिमा संलग्न रहेको सार्वजनिक जानकारी आएको छ’–राप्रपाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ–‘यस विषयमा सत्यतथ्य पत्ता लगाई दोषी उपर कानुनी कारवाही गरियोस् भन्ने सरकार र अन्य सम्बद्ध सबै पक्षसँग राप्रपा अपिल गर्दछ ।’

त्यस्तै राप्रपाले विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोकथाम गर्न बन्दाबन्दी उपयुक्त विकल्प भएपनि यो नै अन्तिम विकल्प नभएको उल्लेख गरेको छ । विज्ञहरुको सल्लाह लिएर प्रभावित क्षेत्रको वर्गिकरण गरी बन्दाबन्दीलाई केही खुकुलो बनाउन सकिने राप्रपाको भनाइ छ ।

‘लकडाउन नै सबै समास्याको समाधान होइन’–विज्ञप्तिमा उल्लेख छ–‘तसर्थ विज्ञहरुको राय सल्लाह लिएर प्रभावित क्षेत्रहरुको वर्गिकरण गरी क्रमसः लकडाउन खुकुलो बनाउँदै लैजाने बारे उपयुक्त रणनीति बनाउन राप्रपा सरकारको ध्यान आकर्षित गर्दछ ।’

त्यस्तैगरी राप्रपाले स्वास्थ्य सामाग्रीहरुको तत्काल आपूर्ति गरी स्थानीय तहसम्म र्पुयाउने व्यवस्था गर्न, परीक्षणको दायरा र गति व्यापक तुल्याउन तथा ज्यालादारी एवं न्यून आय भएका विपन्न परिवारलाई दिईने राहत वितरण कार्य व्यवस्थित र पारदर्शी बनाउन, उद्योग वाणिज्य, कृिष, पर्यटन र अन्य व्यवसायिक क्षेत्रलाई दिईने कर सुविधा, ऋण र अनुदानको तत्काल घोषणा गर्न, विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य र रोजगारी सुरक्षाको निमित्त उपयुक्त व्यवस्था गरी आवश्यक भए देश फर्काउने काम गर्न सरकारको ध्यानकर्षण गरेको छ ।

साथै, कोरोना संक्रमणको अन्त्य नहुँदासम्म सामान ढुवानीमा बाहेक छिमेकी मुलुक भारत र चीनसँगको सीमा नाका अझै बन्द गरी नियमन गर्न र सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न राप्रपाको माग छ ।

पूरा विज्ञप्तिः

Logo