काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमा अलपत्र परेको भन्दै घर जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । चिनियाँ पर्यटकहरुले आफूहरु घर फिर्ता हुन् पाउनुपर्ने माग गर्दै काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्ड पुगेका हुन् । २५/३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरु ‘हामी घर जान चाहन्छौं’ लेखिएको ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका थिए ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालय खोल्ने अवस्था नरहेको बताएका छन् । अहिले करिब ३ सय भन्दा बढी सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइन बनाइएकाले बन्दाबन्दी खुलेपनि तत्काल पठनपाठन गर्ने स्थिति नभएको उनले बताए ।
तरकारीको पकेट क्षेत्र मानिएको मकवानपुरको टिष्टुङ्मामा बारीमै तरकारी कुहिन थालेको छ । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउनको घोषणा गरेपछि ती तरकारीहरु खेतवारीमै कुहिन थालेको हो ।
त्यस्तैगरी विश्वकै चर्चित रियालिटी शो अमेरिकन आइडलमा भिडिरहेका नेपाली गायक दिवेश पोखरेलले आफूलाई भोट गर्न आव्हान गरेका छन् । दिवेशले फेसबुक र इन्स्टाग्राममा भिडियो सन्देश जारी गर्दै भोटिङका लागि अपिल गरेका हुन् ।
कोरोना भाइरस संक्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः संक्रमण हुँदैन भन्ने निश्चित नरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएजओ) ले चेतावनी दिएको छ । डब्लुएचओले संक्रमणबाट निको हुनु भनेको संक्रमणबाट स्वास्थ्य भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् अर्थात् प्रतिरोधको प्रमाणपत्र नभएको उल्लेख गरेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्ननभूल्नुहोला





























प्रतिक्रिया