काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको परिचय राजनीतिज्ञको रुपमा मात्र सिमीत छैन । उनी गीतकार पनि हुन् ।
शर्माले हालै मात्र नयाँ गीत सार्वजनिक गरेका छन् । उनले रचना गरेको गीतको बोल ‘आऊ माया गरौं, मान्छेले मान्छेलाई’ रहेको छ । सार्वजनिक गरिएको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानले स्वर दिएका छन् । गीत पछिल्लो समय विश्वव्यापी टाउको दुखाईको विषय बनेको कोरोनाविरुद्ध सन्देश जगाउन सफल रहने विश्वास गरिएको छ ।
पछिल्लो पुस्तामा आशा र उत्प्रेरणा प्राप्त हुने शब्दहरु समेटिएको गीतलाई धेरैले रुचाएका छन् । यस गीतको म्युजिक भिडिओको निर्देशन पदम तिमल्सिनाले गरेका छन् भने हाइलाइट्स नेपालले गीतलाई बजारमा ल्याएको हो। हेरौं भिडियोमा :





























प्रतिक्रिया