प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक आज बस्दै

प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहको सचिवालय बैठक बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई पक्षमा विभाजित छ ।

प्रधानमन्त्री केपी ओलीले एउटा समूहको नेतृत्व गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् । प्रचण्ड नेपाल समूहले शनिबारदेखि नै विरोधका थप कार्यक्रम तय गरेको छ ।

Logo