काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले हालै सार्वजनिक गरेको नेपाल ट्रष्टको श्वेतपत्रमा आफ्नो नाम उल्लेख गरिएकोमा उनले आपत्ती जनाएका हुन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर श्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिएका हुन् । शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजीनामा दिएको भएपनि २०७४ कात्र्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको प्रति गम्भिर आपत्ति जनाए ।
आफूले सरकारका विरुद्धमा कुनै गलत कुरा नबोलेको भएपनि आफुलाई किन तर्साउन खोजियो भन्दै उनले प्रश्न गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरुमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडिको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशंका उब्जाएको बताए । भिडियोमा :





























प्रतिक्रिया