नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि छुट नदिने स्पष्ट पारेका छन् ।
चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोड बढी कमिसन बार्गेनिङ गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणलाई संकेत गर्दै उनले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । कोही पनि गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौ । म अहिले यतिमात्रै भन्न चाहन्छु ।’
प्रचण्डले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने बताए । उनले भने, ‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ अनुसन्धान गहिर्याउनु पर्ने र दोषीलाई कारबाहीको कठघरासम्म पुर्याउनै पर्ने र एउटा नयाँ युगतिर देशलाई लैजानका निम्ति निकै कठोर कदम चाल्नैपर्ने आवश्यकताबारे बैठकमा बहस हुन्छ ।’





























प्रतिक्रिया