वामदेव गौतम बने नेकपा उपाध्यक्ष

वामदेव गौतम बने नेकपा उपाध्यक्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।

गएको साउन अन्तिम साता बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अध्क्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अगाडि सारेका थिए । उनलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने निर्णय भएको थियो । त्यसलाई स्थायी समितिले अनुमोदन गरेको थियो ।

Logo