राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी छिन् । अनुसन्धानका आधारमा थुन्ने अधिकार भएपनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्धामा यस्तो अवस्था नभएपनि थुनामा राख्नु गलत भएको बताएकी हुन् ।
“फौजदारी अभियोगमा माफी पाएर उन्भिुक्ति पाउनुपर्छ भन्ने छैन् । तर उसले गैर कानुनी कार्य गरेको छ कि छैन् । गालि गलौच गरेको पनि छैन् । अपशब्द पनि गरेको छैन् ।” वलीले भनिन् । बदनियत राखेर थुनामा राखिएको उल्लेख गर्दै उनले यसबाट स्वतन्त्र रुपमा बयान नहुन सक्ने तर्फ आशंका व्यक्त गरिन् ।
प्रमुख जिल्ला अधिकारीले एक वर्ष भन्दा बढी कैद गर्ने अधिकार नभएको बताउँदै वलीले राउतलाई तारेखमा राखेर अनुसन्धान गर्न सकिने भएपनि त्यसो नगरिएको बताइन् । सिडियोले यस्तो सामान्य घटनामा कसरी थुन्ने आदेश दिन सक्छ । उजुरी गर्नासाथ यसरी थुन्ने आदेश दिने हो भने फौजदारी न्यायको मुलमर्म नै नष्ट हुन्छ । पहिले सुन्ने अनि थुन्ने हो । प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ’, वलीले भनिन् ।





























प्रतिक्रिया