काङ्ग्रेस विधि विधानमा चल्न सक्नु पर्छ -नेता जोशी

काङ्ग्रेस विधि विधानमा चल्न सक्नु पर्छ -नेता जोशी

केन्द्रबिन्दु
0
Shares

विर्तामोड ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताएका छन् । नेपाली काँग्रेस विर्तामोड नगरसमितिले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली काँग्रेसभित्र अहिलेको लडाईं पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताए ।

उनले काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राखे । “नेपाली काँग्रेस अब सच्चिन जरुरी छ”, उनले भने, “पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रीत हुनुपर्छ ।”

कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, भोला पौडेल, लक्ष्मी आचार्यलगायतले बोलेका थिए ।

Logo