राष्ट्रिय सभा सदस्यका लागि मनोनयन सम्पन्न

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

दलका उम्मेदवारहरूले सबै प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बेदुराम भुषाल र गंगा बेल्बासेले मनोनयन दर्ता गराएका छन् । त्यस्तै नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ र छलिकुमारी शर्मा उपाध्यायनले मनाेनयन दर्ता गराए ।  नेपाल मजदुर किसान पार्टीका कृष्ण बहादुर तामाङ र गीता काफ्लेले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार वेदुराम भुषालले प्रतिनिधि सभाले गरेको कामलाई राष्ट्रिय सभाले हेर्ने भएकोले कानून निर्माणमा भएका कमजोरीहरुलाई सुधार्न भूमिका रहने बताए । त्यस्तै अर्का उम्मेद्वार गंगा बेल्बासेले विश्वास अविश्वासका धेरै प्रश्न उठेकाले नीति निर्माणमा महत्वपूर्ण भूमिका निभाउने बताइन् ।

नेपाली कांग्रेसका उम्मेदवार हरिशरण श्रेष्ठले प्रतिनिधि सभाले पास गरेका गलत खालका कानूनको सुधारमा आफ्नो भूमिका रहने बताए। उनले सरकार अधिनायकवादी तरिकाले अगाडी बढिरहेको र राष्ट्रिय सभालाई प्रतिपक्ष विहिन बनाउने बदनियत राखेकाले सशक्त आवाज उठाउने बताए । त्यस्तै अर्का उम्मेदवार छलिकुमारी शर्मा उपाध्यायले गलत खालका नीतिहरू सच्याउन आफ्नो भूमिका रहने बताए।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि दिउसो ३ बजे सम्ममा मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था अनुसार दलका उम्मेदवारहरूले आ आफ्नो प्रदेशमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

Logo