पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ : वरिष्ठ नेता नेपाल

पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ : वरिष्ठ नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

हेटौँडा ।

नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताए ।

नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नु पर्ने बताए । वरिष्ठ नेता नेपालले माक्र्सवादलाई नेपाल सुहाउँदो ढङ्गले लागू गरी समृद्धि ल्याउनुपर्ने बताए ।
सो अवसरमा उनले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६६५ जना सदस्यलाई पार्टी विधान बमोजिम शपथ गराएका थिए ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेशको विकास र समृद्धितर्फ लाग्ने बताए ।
रासस

Logo