काँग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा

काँग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लामो रस्साकस्सी र विवादका वीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मितिको टुंगो लागेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकले आगामी महाधिवेशनको मिति टुंगो लगाएको हो । शुक्रबार अबेर गरि बसेको बैठकले १४ औं महाधिवेशन आगामी ०७७ फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय गरेको हो।

त्यसैगरी केन्द्रीय कार्य समितिको म्याद पनि ०७७ फागुन १९ गतेसम्मका लागि थप गरिएको छ । महाधिवेशन मिति तय भएसँगै केन्द्रीय समितिको म्याद पनि थप भएको हो।

केन्द्रीय समितिले तरुण दलको म्याद ६ महिना थप गरेको छ भने केन्द्रीय विभागको संख्या २८ बाट ४१ पुर्याउने निर्णय गरेको छ।

यसअघि संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने बैठकमा सहभागी भएन । असन्तुष्ट पक्षका नेता हृदयराम थानीले उल्लेखित निर्णय प्रति आफ्नो पक्षको छुट्टै बैठक बसेर प्रतिक्रिया दिने जानकारी गराए ।

Logo