सीमा विवाद वार्ताबाट समाधान : मन्त्री ज्ञवाली

सीमा विवाद वार्ताबाट समाधान : मन्त्री ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

पाल्पा ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुने बताएका छन् । पाल्पाको तानसेनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तासँगको भेटघाटमा उहाँले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताए ।

मन्त्री ज्ञवालीले पार्टी एकता प्रक्रियाको आधारभूत काम सकिएको बताए । उनले पार्टी एकता प्रक्रियाका बाँकी काम पुस मसान्तसम्म सकिने जानकारी दिए । पार्टी एकताका सबै काम टुङ्गो लागेपछि पार्टी र सरकारका काम तीव्रगतिमा अघि बढ्ने उनको भनाइ थियो ।

Logo