काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले सरकार छाड्ने भएकोे छ । पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूले आजै साँझसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजिनामा बुझाउने पार्टी निकट श्रोतले बतायो ।
समाजवादी पार्टीबाट अहिले केन्द्रीय अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री र मोहम्मद ईस्तियाक राई शहरी विकास मन्त्री छन् । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई यसअघि नै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दा पदमुक्त गरेका थिए । उपप्रधानमन्त्री यादवले हिजो मन्त्रिपरिषद्मा लगेको संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्विकार गरिदिएपछि पार्टी सरकार छाड्ने मनस्थितिमा पुगेको हो ।
सरकारमा सहभागिताबारे निर्णय गर्न अहिले पार्टीको संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ । संसदीय दलको बैठकपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारमा उपस्थितिबारे निर्णय गर्ने पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले केन्द्रबिन्दुलाई जानकारी दिए ।





























प्रतिक्रिया