काठमाडौं । मंसिर १४ गते भएकाे उपनिर्वाचनमा कास्की-२ बाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद विद्या भट्टराईकाे सपथ आज अपरान्ह १ बजे हुने भएकाे छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सपथ गराउने तयारी भएकाे संसद सचिवालयका पेसविज्ञ शेखर अधिकारीले केन्द्रबिन्दुलाई जानकारी दिए ।
सभामुख नभएको बेला कसले शपथ ग्रहण गराउने भन्ने विवाद भइरहेको बेला संसदको शपथबारे नेपालको संविधानको धारा ८८ मा रहेर उपसभामुखले पहिलो पटक प्रतिनिधिसभा सदस्यलाई सपथ खुवाउन लागेकी हुन्। सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्न पाउने भन्ने संविधानको धारा ९१(४) थप स्पष्ट रहेकाे हुँदा त्यसलाई टेकेर उपसभामुख तुम्बाहाम्फले पद तथा गोपनीयताको सपथ दिन लागेकी हुन् ।
यौन दुव्र्यव्यहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि उक्त पद रिक्त भएकाेले उपसभाखुबाट नेपालमै पहिलाे पटक पद तथा गोपनीयताको सपथ हुन लागेकाे हाे ।





























प्रतिक्रिया