सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अहिले केही बेरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै छ ।
स्थायी कमिटी बैठकका लागि आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, विधान संशोधन लगायतका एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागिता थियो ।
प्रवक्ता श्रेष्ठका अनुसार दुई अध्यक्षले परामर्श गरेर तयार पारेको राजनीतिक प्रतिवेदन र विधान संशोधनमा छलफल केन्द्रित हुनेछ । त्यसैगरी केन्द्रिय कमिटीको बैठक बोलाउने विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ ।
प्रवक्ता श्रेष्ठले नेपाल भारत सीमा समस्या र अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने बताए । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तीव्र सुधार भइरहेको जानकारी गराएका थिए ।





























प्रतिक्रिया