काठमाडौं । चाक्सीबारीमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधी र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच वार्ता सुरु भएकाे छ ।
नेपाली काँग्रेसभित्र चर्किएको विवाद सुल्झाउन दुई शीर्ष नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलवीचकाे छलफलबाट विवाद अन्त्य नभएपछि पुन: दाेस्राे दर्जाका नेताबीच गोप्य बैठक चलेकाे हाे । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उक्त बैठक ४:२५ देखि सुरु भएकाे हाे ।
संस्थापन पक्षकाे तर्फबाट उपसभापति निधीले र रामचन्द्र पौडेलकाे तर्फबाट सिंहले वार्ताकाे नेतृत्व गरिरहेका छन् ।





























प्रतिक्रिया