काँग्रेसले तेस्रो चरणको जागरण अभियान माघ १६ देखि शुरु गर्ने

काँग्रेसले तेस्रो चरणको जागरण अभियान माघ १६ देखि शुरु गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आगामी माघ १६ देखि सबै स्थानीय तहमा केन्द्रित रहने तेस्रो चरणको जागरण अभियान शुरु गर्ने भएको छ । यसअघिको मिति परिवर्तन गरेर आगामी माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरिएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा विहिबार केन्द्रीय सदस्यहरु महेश आचार्य, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुङ्गाना, महेन्द्र यादव, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र हरिप्रसाद नेपालले आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक मङ्सिर २९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उहाँले बताउनुभयो ।

Logo