काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको बताएका छन् ।
बाग्लुङको बुर्तिबाङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो पत्रको ड्राफ्ट आफू र प्रधानमन्त्री केपी ओलीले हेरेको समेत बताए।
उनले सुस्ता र कालापानीको समस्या जटिल र गम्भीर रहेको भन्दै यस विषयमा राष्ट्र एकताबद्ध रहेको बताए । सीमा मिचिएको बेलामा सरकारले प्रभावकारी रुपमा कुटनीतिक संयन्त्र प्रयोग गर्न नसकेको आरोप लागिरहेका बेला प्रचण्डले समस्या समाधान गर्न सरकारले काम गरिरहेको पनि बताए । उनले पार्टी निर्णयको अवज्ञा नगर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।





























प्रतिक्रिया