सरकारका जनविरोधी गतिविधि सच्याउन उपनिर्वाचनमा काँग्रेस जिताउनुपर्छ – प्रवक्ता शर्मा

सरकारका जनविरोधी गतिविधि सच्याउन उपनिर्वाचनमा काँग्रेस जिताउनुपर्छ – प्रवक्ता शर्मा

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपनिर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पत्रकार सम्मेलन गरी सरकारका जनविरोधी गतिविधिलाई सच्याउन पनि आम मतदातालाई आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीमा मत गर्न आह्वान गरे ।

सरकारका  जनविरोधी  गतिविधिलाई सच्याउने सन्देश दिने गरी आम मतदाताले मतदान गर्नुपर्दछ भन्ने हाम्रो विश्लेषण छ,’ प्रवक्ता शर्माले भने, ‘२१ महिनाको अवधिमा सरकारले आफ्नो चाहना अनुसार गतिविधि गरे नगरेको सोच्न म आम मतदातालाई आग्रह गर्दछु ।’ प्रवक्ता शर्माले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार पूर्णत असफल भएकाले पनि आम जनताले उपनिर्वाचनमा आफ्नो पार्टीको पक्षमा मतदान गर्नुपर्ने तर्क पनि पटकपटक दोहोराए ।

काँग्रेसले २१ महिनाको अवधिमा आफ्नो पार्टीले भने जिम्मेवार र शालीन प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी पनि गरेको छ ।

भारतसँग सीमा समस्या समाधान गर्न पनि सरकारले ठोस कदम चाल्न नसकेको काँग्रेसको आरोप छ । प्रवक्ता शर्माले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहलकदमी लिएर भारतसँगको सीमा समस्या समाधान गर्न सरकार सफल हुने नदेखिएको दावी पनि गरे । प्रधानमन्त्री ओलीका पछिल्ला आवेगपूर्ण अभिव्यक्तिले सो समस्या समाधान गर्न सरकार गम्भीर नभएको देखिएको पनि उनको भनाइ  छ ।

प्रवक्ता शर्माले आन्तरिक द्वन्द्व कारण कालापानीमा राखिएको भारतीय सेना आफ्नो पार्टी नेतृत्वको सरकारले विगतमा हटाउन नसकेको पनि बताए ।

Logo