नेपाली कांग्रेसका युवा नेता गगन थापाले काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग गरेका छन् ।
राजधानीमा शनिबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कामचोर ठेकेदारले ‘जय नेपाल’ भने पनि, ‘लालसलाम’ भने पनि छुट दिन नहुने बताएका हुन् । थापाले काठमाडौं क्षेत्र नम्बर ४ का कामचोर ठेकेदारलाई चिठ्ठी काटेर छिटो काम गर्न समयसीमा तोकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई धन्यवाद समेत दिए ।
उनले आफ्नो क्षेत्रमा खानेपानीको समस्या रहेको भन्दै मेलम्चीसँग जोडिन चाहेको बताए । तर, खानेपानीको काम गर्न घरबेटी आएको भन्दै आपत्ति जनाए। ‘जून घरबेटीले हामीलाई सबैभन्दा दुःख दिएको छ, त्यहीँ काम गर्न आएको छ’, प्रचण्डका घरबेटीतर्फ संकेत गर्दै थापाले भने, ‘र चिठ्ठी दिएर भनेका छौं, कपनको सडक नबनाइकन यहाँभित्र छिर्यो भने घरबेटीको घरमा छिर्छाैं भनेर आएका छौं ।”





























प्रतिक्रिया