नेकपा कास्की २ को उम्मेदवारमा रवीन्द्र पत्नी विद्या भट्टराई सिफारिस

नेकपा कास्की २ को उम्मेदवारमा रवीन्द्र पत्नी विद्या भट्टराई सिफारिस

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेकपाले उपनिर्वाचनमा कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो । भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।

केही समय अघिसम्म सो क्षेत्रमा नेकपाबाट नेता वामदेव गौतमको चर्चा सुनिन्थ्यो । वामदेवले खुलेरै कास्की २ मा चुनाव नलड्ने भनेपछि भट्टराईकै सम्भावना बढी थियो ।

तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त थियो।

मंसिर १४ गते देशभरका ५१ स्थानमा उपनिर्वाचन हुँदैछ।

Logo