वडा कार्यालय आगजनीमा विप्लवको संलग्नता, थाहानगर इन्चार्ज पक्राउ

वडा कार्यालय आगजनीमा विप्लवको संलग्नता, थाहानगर इन्चार्ज पक्राउ

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिका ५ को वडा कार्यालयमा भएको आगजनीमा प्रतिबन्धित विप्लवका कार्यकर्ता संलग्न भएको पाइएको छ ।

यो सहित विभिन्न घटनामा संलग्न भएको आरोपमा विप्लव नेकपाका थाहानगर इन्चार्ज श्यामकुमार लामा पक्राउ परेका छन् ।लामालाई शुक्रबार बिहान प्रहरीले सोही ठाउँबाटै पक्राउ गरेको हो ।

गत असोज २७ गते वडा कार्यालयमा भएको आगजनीबाट  नवनिर्मित चारकोठे भवन ध्वस्त भएको थियो । उक्त भवन करिव १४ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

त्यसअघि थाहानगरमै बा ३ क १२१५ नम्बरको टिप्पर र ना १ क ३२४२ नम्बरको एक्स्काभेटरमा आगजनी गरिएको थियो ।

Logo