काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालले एकदिन सबै एकै ठाउँमा भेटिनु पर्ने भन्दै गाली गलौजमा नउत्रिन नेकपाका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेकपा नेता कार्यकर्ताहरूबीच आरोप–प्रत्यारोप चलिरहेको पछिल्लो समयमा आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनलेले एकदिन सबै एकठाउँमा उभिनु पर्ने बताएका हुन् ।
जनताको बहुदलीय जनवाद नै नेपालको मार्क्सवाद भएको उनको दावी छ ।
उनले भनेका छन् , ‘साथी हो, जनताको बहुदलीय जनवाद नै नेपालको मार्क्सवाद हो, एकदिन सबै एक ठाउँमा भेटिनै पर्छ, त्यसैले गालीगलौज नगरौं है ।’

गत हप्ता शनिबारदेखि आजका दिनसम्मको विकसित राजनीतिक घटनाक्रमले आम नागरिकमा निराशा उत्पन्न भएका बेला नेता नेपालको यस्तो भनाइ आएको हो । सत्तारुढ नेकपाको आन्तरिक झगडाले देशको राजनीति नै यतिबेला उथलपुथल बनाएको छ ।





























प्रतिक्रिया