निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि २१ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद गौतमले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै दर्ता भएका दल र चुनाव चिह्न सार्वजनिक गरेका हुन् ।
दर्ता भएका दलमा साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल रहेका छन् ।
कुन दलको चुनाब चिन्ह के ?






























प्रतिक्रिया