लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेसको जनजागरण

लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेसको जनजागरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

शान्ति, स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि नेपाली काङ्ग्रेसले दोस्रो चरणको जागरण अभियान गरेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश नं (१) ले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेतले सरकारका काम सन्तोषजनक नभएको आरोप लगाउँदै जनजागरणमार्फत लोकतन्त्रका लागि पहरेदारी गर्न देशभर अभियान चलाइएको बताउनुभयो । संसदमा पेश भएका विधेयकमा लोकतान्त्रिक मूल्य, मान्यतालाई कमजोर बनाउन खोजिएकोले खबरदारी गर्न काङ्ग्रेस लागेको उहाँले बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जनताले आशा गरेअनुसार विकास निर्माण गर्न तीनै तहका सरकारबीच समन्वयमा काम हुन नसकेको जानकारी गराउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि उर्मिला केसी, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, क्षेत्र नं ३, प्रदेश (१) सभापति सत्यभामा श्रेष्ठ, काठमाडौँ महानगरपालिका–६ का सभापति भुवन लामालगायतले जागरण कार्यकर्तामै सीमित हुनु नहुनेमा जोड दिनुभयो ।

भदौ २४ गतेदेखि शुरु भएको पार्टीको दोस्रो चरणको जागरण अभियान असोज ७ गते समापन हुने कार्यक्रम छ । यसैगरी संविधान दिवसका अवसरमा पार्टीको महानगर–६, गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९ ले जोरपाटी चोकमा दीपावली गर्ने कार्यक्रम रहेको छ ।

Logo