अनेरास्ववियू संयोजक ऐन महरसहित नेताहरू प्रहरीबाट कुटिए

अनेरास्ववियू संयोजक ऐन महरसहित नेताहरू प्रहरीबाट कुटिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरीको लाठीले लागेर सत्तारुढ नेकपा विद्यार्थी संगठन अनेरास्ववियू संयोजक ऐन महरसहितका नेताहरू घाइते भएका छन् । बुधबार विहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न नेपाल पुलिस क्लब पुगेका विद्यार्थी नेताहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

ठूलो संख्यामा नेपाल पुलिस क्लब पुगेका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको अनेरास्ववियू नेताहरूले जनाएका छन् ।

त्यस क्रममा अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घाइते भएका हुन् । घाइते विद्यार्थीको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

ठूलो समूह पुलिस क्लबभित्र प्रवेश गर्न खोजेकाले प्रवेश गर्न नदिने क्रममा घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

Logo